www.talshachar.blogspot.com

Thursday, February 10, 2011

गजल

माया गर्छु प्रिय बीचमै, छोड्छु भन्दिन ।
पक्का हुन्छ वचन मेरो, तोड्छु भन्दिन ।।

किन गरौं ठूला कुरा, हुनै नसक्ने ।
मन जित्न हिमाल पहाड, फोड्छु भन्दिन ।।

भन्न जस्तो पूरा गर्न, हुन्न सजिलो ।
धर्तीलाई आकाशमा नि, जोड्छु भन्दिन ।।

सक्दिन म झार्न कहिल्यै, जुनतारा नि ।
सागर पनि मरुभूमीमा, मोड्छु भन्दिन ।।

शरीरै हो जाडो गर्मी, हुन्छ निश्चय ।
भुईंमा सुत्छु अनि आकाश, ओढ्छु भन्दिन ।।

दुःख गरे ढुंगो फल्छ, यही माटोमा ।
चन्द्रमामा खेती लगाई, गोड्छु भन्दिन ।

No comments:

Post a Comment

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्