www.talshachar.blogspot.com

Saturday, February 5, 2011

गजल

तिमीलाई भेट्न भनि,नौ डाँडा काटेर आएँ ।
बोकि ल्याको महङ्गो सुन,बाटैमा साटेर आएँ ।।

हरपल तिम्रै मात्र यादले सताउदा मलाई ।
साथीसंगी आफन्त सबैलाई ढाँटेर आएँ ।।

माया गर्छु भनि देऊ, अंगालो नै हालिदेऊ ।
जुनी जुनी संगै रहुँ प्रेमको डोरी बाटेर आएँ ।।

कति राखौ मनमा कुरा गाठो पारि पारि अझै ।
डर संकोच सबै त्यागी आज त आँटेर आएँ ।।

फूलमाला तयार गरि प्रतिक्षामा बसे हुन्छ,
द्रुतमार्ग अवरोधका नीलकाँडा छाँटेर आएँ ।

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्