www.talshachar.blogspot.com

Wednesday, February 2, 2011

kabita


सत्य बोलेँ  सायद, केही  बिराएँ  मैले
सत्यभित्र सत्य नै, सधैं छिराएँ मैले ।।

खेती तिम्रो झूठको, गोड्न सकिन प्रिये
वाध्य भए छिमल्न, अनि गिराएँ मैले ।।

तितो हुन्छ सत्य त्यो, सधैं दबाई जस्तै
पचाउन  सकेनौ,  तर  भिराएँ  मैले ।।

मन पेट अर्कै छ तिम्रो, मुखमा तिमी
हँ मा हँ हँ भरिन हावा, पिराएँ मैले ।।

हतियार  बनार्इ, खोज्य  प्रहार  गर्न
मतियार बनिन, मलार्इ फिराएँ मैले ।।

झूटमुट  अटुट,  ढोंगी  जीउने  कला
कलाकार परिन, मूल्य बरू तिराएँ मैले ।।

उही तिमी हिजोको, ज फरक कति
सत्यसँग सत्यकै,  हात मिलाए मैले ।।

कालकुट सकिन बन्न  पिएर  वीष
फेरि झूठो बोलेर यहाँ के पाएँ मैले ?

No comments:

Post a Comment

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्