www.talshachar.blogspot.com

Wednesday, February 9, 2011

बौद्ध धर्मका प्रमुख तीन निकायहरु


बौद्ध धर्मका प्रमुख तीन निकायहरुबौद्ध धर्म प्रति गरिने विश्वासको आधारमा बौद्ध धर्मको प्रमुख तीन निकायहरु छन् । यो विश्वास गर्ने आधारमा आधारित छन् ।
क) हिनयान
ख) महायान
ग) बज्रयान
क) हिनयान ः– हिनयान निकाय शाक्यमुनी बुद्ध धर्म संग सम्बन्धीत् भए ता पनि शाक्य मुनी बुद्ध भन्दा पहिलेका अलौकिक बुद्धहरुलाई पनि आधार मानेको हुन्छ । यस निकायका अनुयायीहरुले बुद्धलाई प्रथम गुरुका रुपमा श्रद्धाभावले पुज्दछन् । सबै भन्दा प्राचीन धर्मग्रन्थहरु सुत्तपिटक, अभिधम्मपिटक र विनय पिटकलाई नै प्रमुख आधारको रुपमा मानिन्छ । ती तीन ग्रन्थहरुको समिश्रण बाट नै आजका सबै निकायले महत्वपूर्णरुपले लिने धर्मग्रन्थ त्रिपिटक निर्माण गरिएको मानिन्छ ।
सुत्त पिटकः– सुत्तपिटकमा संसारको दुःख बारेमा दार्शनिक विचारको व्याख्या  गरिएको छ ।
अभिधम्म पिटकः– मानिसलाई सहि मार्गमा निर्देशन गर्ने शिक्षाको व्याख्या गरिएको हुन्छ ।
विनय पिटकः– भिक्षु, भिक्षुनीहरुको जीवन चर्या वारे नियमावली शिक्षाको व्याख्या गरिएको हुन्छ ।
ख) महायान निकायः–
यो निकायका अनुयायीहरुले पनि संस्कृत भाषामा लेखेका बुद्ध बचन र सिद्धान्तलाई विश्व भरिका बौद्ध मार्गीहरुले आ आफ्नो भाषाको लिपिमा अनुवाद गरेका छन् । यस मध्ये सबै भन्दा बढि तिब्बती भाषाको लिपिमा अनुवाद भएको कुरा माथि नै उल्लेख गरि सकेको छु । महायान निकायको प्रथम सिद्धान्तमा अलौकिक बुद्धहरु लगायत वर्तमान शाक्यमुनी गौतम बुद्ध र विविध बोधिसत्वहरुलाई गहिरो अध्ययन र अभ्यास गरि यसको भाव सागरमा दुःख पीडाका रुपमा भौतिक जीवन विताई रहेका जीव प्राणीहरुको उद्धार गर्न सके हरेक मानिस बुद्ध भै सहि मार्गमा निर्वाण प्राप्त गर्न सक्तछ भन्ने विश्वास गरिन्छ । महायान बौद्ध धर्म निकायमा तलका दश वटा बोधिसत्व पारमिता बारे ज्ञान हाँसिल गर्नु अनिवार्य मानिन्छ ।
१. दान पारमिताः– प्रत्येक प्राणीहरुको भलाईका लागि आफूले सक्दो वलिदान गर्नु नै कुशल कर्म र दान पारमिता हो ।
२. शील पारमिताः– अहिंसा परमो धर्मको नियमलाई पालना गर्नु नै शील पारमिता हो ।
३. शान्ती पारमिताः– हरेक प्राणीहरु प्रति आईपरेका दुःख र पीडाहरुलाई सहनशील भै उद्धार गर्नु हो ।
४. वीर्य पारमिताः– सहि मार्गमा आफ्नो चितलाई वशमा राखी वीरताका साथ सबै प्राणीहरुको कल्याणको लागि उद्धार गर्नु नै वीर पारमिता हो ।
५. ध्यान पारमिताः– चञ्चल चित्तलाई एकाग्रता गरि आध्यात्मिक अभ्यास गरि लोकका सम्पूर्ण प्राणीहरुको हीतमा उद्धार कार्य गर्नु नै ध्यान पारमिता हो ।
६. प्रज्ञा पारमिताः– मानिसमा भएको सम्पूर्ण चित्तलाई शुद्धिकरण गरेर प्रज्ञा प्राप्त भै कुशल कर्महरु गर्नको लागि मात्र अघि बढ्नु प्रज्ञा पारमिता हो ।
७. उपाय पारमिताः– आफूले सकेको पुण्य कर्म गरि प्राणीहरुको भलो गर्नु नै उपाय पारमिता हो ।
८. प्रणिधान पारमिताः– सबै प्राणीहरुमा मित्रताको सम्बन्ध कायम राखी बोधी ज्ञानको मार्गमा आफुले आर्जन गरेको कुशल कर्म बारे सबैलाई बोध गराउनु नै प्रणिधान पारमिता हो ।   
९. ज्ञान पारमिताः– संसारको दुःख पीडाको बन्धन बाट मुक्त भै सके पछि आफूले अभ्यास गरि प्राप्त गरेको कुशल ज्ञानलाई सर्व प्राणी हितको निम्ति प्रचार गर्नु नै ज्ञान पारमिता हो ।
१०. बल पारमिताः– आफु र सर्वजीव प्राणीहरुका निम्ति सदैव कुशल कर्म गरि बल पारमिताको पालना गर्नु हो ।
ग) बज्रयान निकाय ः–बज्रयान निकायका अनुयायीहरुले पनि अलौकिक बुद्धहरु लगायत वर्तमान शाक्यमुनी गौतम बुद्धलाई लोक कल्याणका लागि अग्रनायकका रुपमा पुजिन्छ । विविध बोधिसत्वहरुलाई प्रतिकात्मक देव देवीका रुपमा मान्दछ । त्यसै कारणले यस निकायका अनुयायीहरुले मुर्ति पुजालाई पनि विशेष ध्यान दिईन्छ । जुन सुकै निकायका भए पनि आखिर बौद्ध धर्म एकै हुन् । विभिन्न सम्प्रदाय परक आ आफ्नो विश्वास गर्ने तरीका मात्रै फरक हुन् । यसमा कुनै अन्योल वा भ्रम नहोला भन्ने आत्मा विश्वास व्यक्त गर्दछु ।
बुद्ध धर्ममा अधारीत चार आर्यसत्यहरु१) संसार दुखै दुखले व्याप्त छ ।
२) दुःख हुनको कारण पनि धेरै छन् ।
३) दु ःखको अन्त्य पनि हुन सक्छ ।
४) दु ःखबाट मुक्त हुनको लागि आध्यात्मिक मार्ग पनि छ ।
तथागत गौतम बुद्धद्वारा ६ बर्षसम्मको कठोर आध्यात्मिक पथको अभ्यासद्वारा बाधि ज्ञान प्राप्त गर्नु भई सम्यक सम्बुद्ध हुनुभयो । आर्थात सबै ज्ञानबाट निपूर्ण हुनु भए पछि चेतनशील मानब जातिहरुको मुक्तिका लागि बुद्धले पत्तालगाउनु भएका चार आर्य सत्य यसप्रकार रहेका छन् ः
१.  दुःख र पिडाः   सवैलाई निम्न कुराहरुले दुःखीत बनाउछ ।मानब जन्म लिन पनि दुःख,
बुढो हुन दुख,
शारिरीक पीडा र मानसीक पिडा हुन पनि दुःख,
मरण हुन पनि दुःख हो ।
चित्तमा धेरै अशान्त हुन पनि दुःख हो ।
मनले जो ईच्छा गरिन्छ त्यो नपाउनु पनि दुःख नै हो
२.  दुःख पाउनको कारणहरुजस्तै ः लोभ, मोह , राग , ईष्र्या , क्रोध आदि जस्ता कु—भावानालाई निवारण गर्न सके मात्र प्रत्येक मानव जातिले सुखमय जीबन बिताई अन्त्यमा सहि मार्गमा यो भँैतिक शरीरको अन्त्य हुने छ । यसको अतिरीक्त, भगवान बुद्धले दुःख आर्यसत्य, दुःख—समुदय आर्य सत्य ,दुःख —निरोध आर्यसत्य र दुःख निरोधगामिनि प्रतिपदा आर्य सत्य के हुन् भन्ने बारेमा प्रकाश पार्नु भए।को छ । दुःखको कारण, दुःको निरोध र दुःखको निरोध प्राप्त गराउने प्रतिपदाहरु यी चारै वाटा जगतका सत्यहरु हुन भनि माथि नै संक्षेपमा बताईएको छ ।
३.  दुःखका अन्त्यःअब दुःखको समिक्षा गरौ ।दुःख सबैले भोगेकै छन कसैलाई कुनै कुराको दुःख छ त कसैलाई अर्कै कुराको एउटै ब्यक्तिलाई पनि कहिले कुनै कुराको , कहिले अर्को कुराको दुःख हुन्छ । यदि दुखलाई यथाभूत जान्न थाल्दछ वा जस्तो छ त्यास्तै जान्न थाल्दछ वा प्रज्ञापूर्बक जान्न थाल्दछ आर्यसत्य बन्दछ । तर साक्षी भाबले हेरिन्छ अनि मात्र दु्खको स्वाभाबलाई प्रज्ञापुर्बक जान्न थालिन्छ । उदय हुनु ब्यय हुनु ,उदय हुनु ब्यय हुनु ती सबै अनित्य हो । जब दुःखलाई प्रज्ञापुवर्क अनूभुति गरिदैन तब सम्म दुःखबाट छुटकारा पाईदैन ।
बुद्ध धर्ममा आधारित आष्टाङ्गिक मार्गहरुः१) सम्यक दृष्टी  सहि ढंगले बुझ्न सक्नु ।
२) सम्यक् संकल्प   नियत राम्रो हुनु ।
३) सम्यक् वचन   अरुलाई हितगर्ने बचनको पालन गर्ने ।
४) सम्यक् कर्मन्त    अरुलाई हानि हुने काम नगर्नु ।
५) सम्यक्आजिबिका  निर्दोषपूर्बक जीबन यापन गर्नु ।
६) सम्यक् ब्यायाम   ठीक परिश्रम गर्नु अर्थात अल्छी नबन्नु ।
७) सम्यक स्मृती   सचेत र सर्तक भई रहनु ।
८) सम्यक समाधि  सहि मार्ग लाई चित्त एकाग्रता गर्नु ।
१) सम्यक् दृष्टिसम्यक दृष्टी भनेको प्रत्यक्ष्ँ अनुभबबाट प्राप्त सम्यक् ज्ञान हो । दुःखको दर्शन गर्दा गर्दै दुःखको दर्शनलाई सम्यक दर्शन बनाउदा बनाउदै जुन ज्ञान जाग्दछ त्यसैलाई सम्यक् ज्ञान भनिन्छ । दुःखको कारण को दर्शन गदागर्दै दर्शन सम्यक् हुन्छ त्यस सम्यक दर्शनबाट जुन ज्ञान जाग्दछ , त्यसैलाई सम्यक ज्ञान भनिन्छ । त्यस्तै निरोध अबस्थालाई साक्ष्ाँत्कार गर्दागर्दै जुन सम्यक दर्शन बन्दछ र जसबाट जुन ज्ञान जाग्दछ, त्यसैलाई नै सम्यक् ज्ञान भनिन्छ । यथार्थ ज्ञानको बोध हुनु हो । यथार्थत असल के हो ? खराब केहो ? असल मार्गको मूलमार्ग केहो ? खराब कर्मको मूलमार्ग कुन हो ? आदिको ज्ञान जसले राख्दछ ,उसले सम्यक् दृष्टि राख्दछ ।
२) सम्यक् संकल्प राग र हिंसा प्रति हिंसाबिहिन संकल्प राख्नु मानबिय कर्म हो ।साथै आशा आकांक्षा र महत्बकांक्षाहरु सधै माथिल्लो स्तरको हुनु सम्पूर्ण प्राणीका लागि कल्याणकारी कदम हुन्छ । त्यसका लागि चित्तमा जस्तो सुकै संकल्प जागे पनि त्यसलाई जान्नु पर्दछ त्यसलाई हटाउने र पन्छाउने अलिकति पनि प्रयात्न गर्नु हुदैन ।यदि कसैले यसो गर्ने उपक्रम गरेमा त्यसलाई सम्यक् संकल्प भनिदैन । जब कलुषित बिचार हरुबाट मन रिक्त हुन्छ अनि सम्यक् संकल्पको उत्पति हुन्छ ।
३) सम्यक् बचन ठीक बोल्नु, सबैका लागि भलो चिताउनु र उद्धार भावना राख्नु पर्दछ । अर्थात झुटो बोल्नु पोल लगाउनु, नमिठो बचन बोल्नु हुदैन । यसले कसैलाई पनि फाईदा पु¥याउदैन ।यसलाई बुद्धिको स्तरमा मात्र बुझ्ने कामले केहि उपलब्धी हुदैन ।यथार्थमा ए यस्तो पो रहेछ † मैले जे बोलिरहेछु त्यसमा अलिकति पनि अंश छैन भन्ने कुरामा साक्षात्कार गरि जान्न थालेमा मात्र उपलब्धि हुन्छ । त्यस्तै गरि चुक्ली, कटु बचन ,तथा वाहियात फजुल कुराका बारेमा पनि यसरी नै जान्दछ ।
४) सम्यक् कर्मान्तसधै योेग कर्म गर्नु र आफुले गरेको कार्यबाट अरुहरुको भावना र उनीहरुको अधिकारको हनन नहोस भन्ने ख्याल राख्नु सम्पूर्ण चेतनशील मानबहरुको कर्तब्य हो ।त्यसका लागि तीन कुराको दर्शन गर्नु पर्दछ । मेरो शरीरबाट यस्तो कुनै कर्म भएको छैन , जसबाट अरुको हत्या भएके होस , चोरी भएको होस ,अभिचार होस । यस्तो कर्मबाट मेरो शरीर बिरमण छ , बिरत छ भनेर सत्यको साक्ष्ाँत्कार गर्नु पर्दछ।
५) सम्यक् आजिबीकादैनिक जीवन सञ्चालन गर्नुका लागि प्रत्येक मानब प्राणीहारुले केहि न केहि कार्य गर्नु अपरिहार्य हुन्छ ।यस्तो कार्य गर्र्दा कसैको हानी नोक्सानी नहोस र कसै प्रति अन्याय नहोस भनि ख्याल राख्नु सबै प्राणीहरुका लागि लोक कल्याणकारी मार्ग हो । मिथ्या आजीबिका अन्र्तगत  जुन कुरा सम्झाईएको छ त्यसबाट बिरमण हुनु नै सम्यक्आजिबिका हो ।
६) सम्यक् ब्यायामइन्द्रीयहरुलाई संयक राख्नु , खराब भावनालाई रोक्नु राम्रो भावनालाई जन्माउने प्रयत्न गर्नु र जन्मीएको राम्रो भावनालाई कायम राखि व्याबहारीक रुपमा दैनिक प्रयोग गर्नु सबैका लागि उत्तम हुन्छ । यति मात्र होइन आफूलाई राग र द्वेषबाट टाढा राख्ने द्रष्टा अथार्त देख्न सक्ने होस । यसरी सम्यक् स्मृति संग सम्प्रज्ञानको सम्पर्क र त्यस्र्तै राग बिहिनीता र द्वेषबिहिनिता संगको सम्पर्क अनिबार्यता हुन्छ ।
७) सम्यक् स्मृतीमनको नियमित जागरुकताद्वारा मनमा उत्पन्न खराब बिचारहरुलाई त्याग्नु पर्दछ । साथै व्याथा बेदना चित्त र मनको माध्यामद्वारा यी भौतिक जीबनमा भईरहने जीबन प्रबाहलाई सरल तरिकाले जीबन यापन गरि होस पु¥याउनु पर्दछ । यति मात्र होईन आफूलाई राग र द्वेषबाट टाढा राख्ने चिन्तनशील होस । यसरी सम्यक् स्मृती सग सम्प्रज्ञानको सम्पर्क र त्यस्तै राग बिहीनता र द्वेषबिहीनता सगको सम्पर्क अनिबार्य रुपमा भई रहनु पर्दछ ।
८) सम्यक् समाधि असल चित्त र मनको एकाग्रता नै समाधि हो । आध्यात्मीक चिन्तन मननद्वारा अभ्यास गरि भावनात्मक रुपमा जन्मीएका राम्रा बिचारहरुलाई प्रत्येक मानब जातिहरुले कुशल कर्म गर्नु प्रयोग गरे सबै प्राणीहरुका लागि फलदायि मार्ग हुनेछ ।
बौद्ध धर्मका प्रमुख मार्ग दर्शनहरुः
१.  मनुष्य जीवन पाउनु एक दुलर्भ घट्ना हो ।
२.  अहिंसा परमो धर्म नै विश्वशान्तिको आधारभुत मार्गदर्शन हो ।
३.  बौद्ध दर्शन भाग्यवादी होईन कर्मवादी हो ।
४.  संसारको सृष्टि कुनै ईश्वर बाट नभै प्रकृतिको निरन्तरता हो ।
५.  अन्धो भक्त नभै आफ्नै शरण द्धारा बोधीज्ञानको अभ्यास गर ।
६.  कसैको आश्वाशन सुनेको भरमा दुःख बाट छुट्कारा पाइदैन ।
७.  आफ्नो आचरण परिशुद्ध गर्दै कर्म गरेमा निर्वाण प्राप्त हुन्छ ।
८.  अनित्य र परिवर्तनशील जगतमा नित्य वस्तु केहि पनि छैन । मनुष्यको जीवन पनि अनित्य छ ।
९.  कुशल कर्म गर्दै जीवन यापन गरेमा त्यो नै मुक्तिको मार्ग बन्ने छ ।
१०.  आफ्नै शरणको त्याग तपस्याले मात्रै दुःख बाट मुक्त पाइन्छ ।
यसरी बुद्धले आºनो धर्म दर्शनलाई प्रचार –प्रसार गरि बहुजन हिताया बहुजन सुखाय एक नबिन समाजको संस्थापक को रुपमा सूर्य जस्तै चम्की रहेका छन् । शील, समाधि र प्रज्ञा ज्ञान प्राप्त गर्नका लागि एक योग्य गुरुको निर्देशनबाट आध्यात्मिक ध्यान तपस्याबाट मात्र अनुभब गर्न सकिने छ । गौतम बुद्धको शासनकाल देखि नै बुद्धले बर्णब्याबस्थामा आधारित जातिबाद सामाजिक असामनता आर्थिक उच्च निचका आधारमा गरिने भेदभाब ,लैङ्गिक असामनता धार्मिक शोषण एवं सामाजिक शोषण आदि मानबता बिरोधी कर्महरु हुन भन्नु भएका छ । यो दुर्लभ रुपमा प्राप्त भएको मनुष्य जीवनलाई दमन शोषण रहित स्वतन्त्र मार्गमा जीबन निर्बाह गर्न पाउनु पर्दछ भन्ने गौतम बुद्धको मार्गदर्शनले बोध गराउदछ ।
प्राणी जगतका सबै वस्तुहरु परिवर्तनशील र नाशवान छन् । अतः हामी पनि आजै बाट विकारयूक्त चित्तलाई शुद्ध पारी, दुष्कर्म बाट टाढा रहेर मनुष्य लगायत सम्पूर्ण प्राणी जगतको बाँच्न पाउने अधिकारको रक्षा गर्दै, लोभ, लालच र विलाषीताको सपना बाट मूक्त भै प्राणी जगतका दुःख र पीडाको निराकरणको कारक वनि बुद्धको मध्य मार्गी आदर्शको अनुशरण गर्दै जीवन यापन गर्ने प्रण गरौं । भौतिक विलासिताको पछाडी मात्रै दौडेर अमुल्य जीवनलाई अन्धकारमा नबिताऔं । मध्यमार्गी बौद्ध दर्शनको अवलम्वन गरेर स्वतन्त्र तर कल्याणकारी जिवन यापन गरौं ।
अन्तमा संसारका सवै प्राणि जगतलाई दुःख बाट मुक्त होस भन्दै २५५४ औ बुद्ध जयन्तीको शुभकामना दिन चाहान्छु ।
जय बुद्ध । थुजे छे ।
बिनेश तामाङ
संस्थापक÷सल्लाहकार ः नेपाल प्रवासी तामाङ समाज, कतार
महासचिवः नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतार
संचालकः www.tamangsamaj.com

No comments:

Post a Comment

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्