नभए नि धनको धनी, मनको धनी थियो सधैं
हराउँदा अन्धकारमा, प्रकाश बनी दियो सधैं ।।
विर्सिएर मनको साथी, अनुहारमा नझल्के नि
बल्छ होला मनमा कतै, सम्झनाको दियो सधैं ।।
तराजुमा त्यो दौलतको, खुशी पाउन जोखिएर
किन गाड्यौ मन मुटुमा, दुःखीरहने सियो सधैं ।।
किन खान्छ मान्छे कसम, कसम तोडी जाने भए
बल्झिएछ दिलको घाउँ, दमन गर्न पियो सधैं ।।
सुख मात्र जीनव भए, जग्मगाउथ्यो घाम सधैं
छेडी जान्छु आकास भन्ने, बाँस किन नुहियो सधैं

No comments:
Post a Comment