नजर् जुधाई,मन मिलाई सङ्गै बसौ है
हात समाई साथ मिलाइ सङ्गै हिडौ है
तिम्रो दिलको पच्छेउरिमा लुक्न मन लाग्यो
ओढायर न्यानो माया साटन मन लाग्यो
ओठ मिलाई सन्सार भुलाई सङ्गै बाचौ है
मन रमाई खुशी कमाई सङ्गै नाचौ है
तिमिलाई मनको चौबन्दिमा छोप्न मन लाग्यो
सजायर मिठो सपना बाच्न मन लाग्यो...............
No comments:
Post a Comment