www.talshachar.blogspot.com

Wednesday, April 13, 2011

नयाँ बर्षको 2068 उपलक्ष्यमा संपूर्ण  मित्रहरुमा सुख,सम्ब्रिद्दी तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु साथै संपूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु मा एकता र सद्भाभाबको दियो बालोस भन्ने अपेक्षया गर्दछु......    HAPPY NEW YEAR 2068..............................


 
"आउ नया बर्ष तिमी"

चैतामासमा सुकेको पात झै होइन,

बसन्तको पालुवा झै भएर आउ

उराठ लाग्दो आगोले खाको बन जस्तो होइन

जत्ता ततै हरियाली छाएर आउ ...........

कोल्हाल र मार् पिट होइन नया बर्ष

शान्ति र अमन चैन ल्याएर आउ

मति भ्रष्ट र गाफाड़ी नेता होइन

देश भक्त र जनतामुखी नेता ल्याएर आउ .....

यि नै सस्कार हिन नेताको पछी लाग्ने भेडा जनता होइन

चरित्रवान आफ्नै कर्ममा बिस्वास गर्ने जनता ल्याउ

अपराधी र देश्द्र्ही सिपाही पुलीस होइन

जनता र देशलाई माया गर्ने सिपाही ल्याउ ..........

नेपाली जनताको पसिना खाएर

हाम्रै आमा चेलीलाइ बलत्कार र हत्या गर्ने सेना होइन

सच्च देश भक्त र कर्द्ब्या निष्ठा नेपालीको सेवा

गर्ने शान्ति सेना ल्याउ .......

म जस्तो धेरै भाग खोज्ने नाममा

बिदेशीको गधा बन्ने होइन

देशमै रहेर केही गरौ भन्ने

सोच भएको कर्म योगी युवा ल्याएर आउ ..........

म जस्तो धेरै भाग खोज्ने नाममा

बिदेशीको गधा बन्ने होइन

देशमै रहेर केही गरौ भन्ने

सोच भएको कर्म योगी युवा ल्याएर आउ ..........

No comments:

Post a Comment

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्