www.talshachar.blogspot.com

Wednesday, February 16, 2011


पर्खी बसे दोबाटोमा >तिमी आँउछौ भनि
भयौ तिमी टाढा यो दु:खीको माया मारी
दु:खी यो जिवनमा साहारा दिने कोहि भएन
चोखो माया दिएकैथिए आफ्नो भन्न पाईन

कति तडपिएको छु तिम्रो माया पाउछु भनि
विपनामा आउने गर सपनामा सताउछौ किन?
पूर्णिमाको रात हैन,औसिको रात बनि आयौ तिमी
सगैँ मरौँ सगैँ बाचौ भन्थ्यौ निष्ठुरी,आज छाडिगयौ किन?
भूल्न खोज्छु तिम्रो त्यो चन्द्ररूपी मुहारलाई
सम्झना छ यो दु:खीको सधैँभरी केबल तिंमीलाई।



नेपाली हरु को महान चाड शिव रात्री को पवन अबसर मा सम्पूर्ण नेपाली हरु को सुख स्वास्थ्य तथा सम्ब्रिद्धी को हार्दिक मंगलमय शुभकामना। पशुपती नाथ ले सम्पूर्ण  नेपाली हरु को रक्षा गरुन।
जय भोले नाथ ।

Monday, February 14, 2011

सपनाको फल


त्यसो  सपनाको बारेमा भिन्न भिन्न धारणाहरु बिद्यमान छन। कोहि सपनालाई केवल सुषुप्त मनलेउब्जाएको कोरा कल्पना मान्छन भने कोहि भने हरेक सपनाले भिन्न भिन्न अर्थ राख्‍ने  ती सपनाहरुलेमानव भविश्य  मनोदशाको संकेत गर्ने बताउँछन  भिन्न भिन्न धर्म  समुदायमा कुनै एक सपनाको बारेमापृथक पृथक अर्थहरु समेत छनभने यता केहि समयमा सपनाको वैज्ञानिक खोजि गर्ने कार्यहरु पनि चलिरहेका छन। वैज्ञानिकहरु मै पनि सपनाको अर्थ  संकेतको बारेमा मतभेदहरु भए पनि सपनाको अध्ययनबाटकुनै पनि मानिसको मनोदशा  मानसिक विकास आदि बुझ्न भने यस्ले निकै मद्दत गर्ने कुरा प्रमाणितभैसकेको छ।
कस्तो सपना देखेमा कस्तो फल मिल्छ भन्ने वारेमा गुरु केदार बरालको संकलन 

सपना

फल
आकाशमा मास्तिर उड्नुटाढा-टाढाको यात्रा गरिन्छजसले लाभ हुन्छ 
आकाशमा उड्नुलाभ हुन्छ 
आकाशबाट झर्नुसमाजमा बेइज्जती हुन्छ 
आकाश देख्नुप्रतिष्ठा मिल्छसरकारबाट धेरै धन प्राप्त हुन्छ 
आकाशमा बादल देख्नुसरकारको कृपा हुन्छव्यवसायमा वृद्धि हुन्छ 
पानी पर्नुबिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो 
पानी एकै ठाउँ परिरहनुपरमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो 
बिजुलीका साथ पानी परेको देख्नुबिरामी भए निको होइन्छऋण भए फच्चे हुन्छ 
जमीनसम्म देख्नुदौलत मिल्छ 
जमीनमा जोतेकोछरेकोरोपेको देख्नुसंसारका हरेक काम पूरा हुन्छ  जीवन आरामले बित्छ 
आकाशका धूलो वा आँधी देख्नुत्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो 
बिजुली देख्नुमालदार हुइन्छ 
जमीनमा मिल्नुवरवाद होइन्छफरेबमा फसिन्छ 
जङ्गलमा हिँड्नुधार्मिक उन्नति गर्छआफ्नु धर्ममा जीवनभर रहन्छ 
जङ्गलमा खानु पिउनुधेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ 
माटो खानुधेरै धन मिल्छअथवा बेइज्जत हुन्छ 
माटोमा हिँड्नुधनी होइन्छ 
ईनार खन्नुआम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छदुनियाँले तिमीबाट लाभ पाउँछ 
इनारबाट सिँचाइ गर्नुआफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छदीन-दुःखीलाई मद्दत गर्छ 
इनारबाट पानी निकालेर कुनै रुखमाहाल्नुदीन वा दुःखीहरुको सेवा गर्छ 
इनारबाट पानी पियाउनुसाधु वा महात्माको सेवा गर्छ 
इनारबाट पानी निकाल्नुआम्दानीमा वृद्धि हुन्छ 
इनारमा झर्नुमुसीबतमा फसिन्छशोक वा सन्तापमा परिन्छ 
इनारबाट निस्कनुजिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ 
पानीमा हिँड्नुकुनै राजालाई प्रशन्न पार्छअन्धाधुन्ध उन्नति गर्छ 
खोलामा बाढी देख्नुरीस या मुसीबतको सूचना हो 
नदीमा अँध्यारो देख्नुपरेशान हुइन्छपागल बनिन्छशोक पर्छ 
सोतो तर्नुमरण नजीकिएको निशानी हो 
नदी या कुलोमा नुहाउनुकुनै खुसीको कुरो हुन्छबिरामी निको हुन्छपाप कर्म छोडिदिन्छ 
भुसमा भासिनुमुसीवत या शोकमा फस्नुपर्ने सूचना हो 
कुलाको फोहोर पानी पिउनुकुनै रोगमा फस्ने सूचना हो 
कुलोलाई अर्कातिर बगाउनुशोक वा मुसीबत हटेर खुसी हुइन्छ 
हौज देख्नुकुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ 
नाउ देख्नुशोक वा दुःखबाट छुट्छ  राजाको आज्ञाको दण्डबाट छुट्छ 
नाउमा चढेको देख्नुराजाज्ञाको अपराधमा गिरफ्तार हुन्छथोरै दिनपछि छुट्छ 
नाउबाट सुखा भुइँमा उत्रनुदुश्मन विजय प्राप्त हुन्छअगाध दौलत मिल्छ 
नाउलाई सुखा मैदानमा देख्नुमुसीबत आउँछभारी शोकमा प्राप्त हुइन्छ 
जमीनमा केही बनाउनुअसल दिलको हुइन्छ 
ताराको चमक देख्नुराजाको कृपाले लाभ हुन्छपरिवार बढ्छ 
तारा समूहलाई अति चम्किलो देख्नुदेश धनी हुन्छदेशको शासनव्यवस्था राम्रो हुन्छसंसारमा त्यो देशको प्रतिष्ठा बढ्छ 
तारा निल्नुचोरी गर्छ  तकलीफमा फस्छ 
तारालाई हातमा लिनुगुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ 
नाउसहित आफूलाई डुबेको देख्नुराजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ 
पहाड देख्नुशत्रुमाथि विजय प्राप्त हुन्छ 
पहाडमा हिँड्नुइज्जत मिल्छधेरै धन पाइन्छ 
पहाडको मालिक हुनुकुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ 
पहाडमा लडेको देख्नुकसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ 
पहाडमा बाटो हिँडिरहेको देख्नुधैर्यवान् वा साहसी हुइन्छ 
पहाडमा प्वाल पार्नुकसैसँग जालसाँजो गरिन्छ 
पहाडमा चढ्नुअगाध उन्नति हुन्छ  दौलत हात लाग्ने निशानी हो 
फूल देख्नुप्रेमी/प्रेमिका मिलन
पान खानुस्त्री प्रसङ्ग (यौनसम्बन्धहुने
पिँजडा देख्नुजेल-नेल पर्ने 
हरियो वन देख्नुशुभ समाचार मिल्ने 
सुख्खा वन देख्नुचिन्ता हुने 
चन्द्रमाप्रतिष्ठा मिल्ने 
ग्रहणआपत पर्ने 
खाना बनाउनुसन्तान बिरामी हुने 
सुन पाउनुधन जानेहानी हुने 
र्सप मार्नुकष्टबाट छुटकरा पाउने
हस्ताक्षर गर्नुधनहानि हुनु 
बिरालोले टोक्नुदर्घटना पर्ने तर बच्ने 

राम्रा सपनाअन्नबाली, घोडचढी,कमलको फुल,गोरु, गाइ, गुरु, सेतो रंगको फुल, दही, चामल, चादीका भाडा, हात्ती, राजा महाराजा, सिहासन, फल, सेतो बस्तुवा पदार्थ, कपास, मिठाइ, देबताको प्रतिमा वा मुर्ति,बिद्धान बाहुन, सधवा आइमाइ, ध्वजा, समुन्द्र स्नान, गंगाको स्नान, तारा, चन्द्रमा, देवता, मन्दिर, गित संगीत, पर्बतारोहण, फलेकोबृक्ष, फुलेको फुल, केटाकेटी, हतियार प्राप्ती, शरीरमा तेज आउनु, पुस्तक रचना वा अध्ययन, सन्त महात्मा, दुध खानु,फल खानु,सर्प, लास वा लास लादै गरेको, स्वर्गका अप्सरा, गायनकला, भाषण, बन्धनबाट छुटेको, भरीएको भाडो, तोरण, रुदैगरेको ब्यक्ति
नराम्रा सपनाआगो, जल्दैगरेको चिता, खाली भाडा, दात भाचिनु, कपाल झर्नु,रातो वा कालो कपडा, गुलीयो बस्तुखानु, काडा,शत्रु, राक्षस, भैसी, रागो, बादर, हतियार, सुकेको बृक्ष बस्तु,खरानी, फासीमा झुण्डाएको,हावामा उडेको,बाढी, मान इज्यतमा कमी आउनु, अपमानीत हुनु, सर्पहरुसग खेल्नु,ग्रहण लाग्नु, उल्लु, आधी तुफान, जलमग्न हुनु, डुबेको देख्नु, पानी नभएको पोखरी, तलाउ,इनार, खोला, चोर्नु, नकाब मकुण्डो, भुतप्रेत, पहिरो, पुल, तार चुट्नु, स्त्री वा पुरुषसग जर्बजस्ति गर्नु, शरिरमा हिलो लाग्नु, एकान्त बनमा एक्लै हुनु, पसिनाले भिज्नु, प्रिय ब्यतिको मृत्युको खबर सुन्नु, होहल्ला, बिबाह भएको, बिवाह मण्डब घुमेको

Sunday, February 13, 2011

make free call





संसारभरी छरिएर रहेका तपाईंहरुका साथीहरु वा आफन्तहरुलाई बिना पैसा फ्रीमा फोन कल गर्न चाहनु हुन्छ ? तपाईंहरुको उत्तर अबस्य पनि चाहन्छु नै भन्ने हुनु पर्छ , त्यसो हो भने एउटा यस्तो साईटको बारे चर्चा गर्न गईरहेको छु जुन साईटमा तपाईंले एकपटक आफ्नो केही इन्फर्मेसन दिएर signup गर्नु पर्ने र एउटा voip सफ्टवयर डाउनलोड गर्नु पर्ने हुन्छ । यसबाट दिनको जम्मा ३ पटक सम्म फ्री कल गर्न पाउनुहुन्छ । Sign up र software डाउनलोड गरीसकेपछि तपाईंले लगभग ४० भन्दा बढी देशहरुमा, देशहरु हेरी एक पटकमा ३ देखी ६ minute गरी जम्मा ३ पटकमा ९ देखी १८ minute सम्म फ्रीमा फोन कल गर्न सक्नु हुन्छ । यसमध्य कुनै देशमा Landline मा मात्र अनी कुनै देशमा Landline र mobile दुबैमा कल गर्ने सुबिधा पाउनु हुनेछ ।

यो साईटमा signup गर्न यहाँ क्लिक गर्नुहोला

Software Download गर्न यहाँ क्लिक गर्नुहोला 

यसबाट कुन कुन country हरुमा कती कती minute फ्रीमा कल गर्न मिल्छ भन्ने हेर्न
यहाँ क्लिक गर्नुहोला 

ग़ज़ल


के भयो र यौटा साथ, छुट्यो छुट्न दिएँ । 
मन भन्नु शीशा न हो, टुट्यो टुट्न दिएँ ।

दिनु साटो खोस्न मात्रै, जान्यो भाग्यले नि,
अलिकती खुशी थियो, लुट्यो लुट्न दिएँ । 

दोश तिम्रो हो कि मेरो, या त नियतिको,
अन्यौलको भुमरीले भुट्यो भुट्न दिएँ । 

जिन्दगी हो जसो तसो , ज्युँनु पर्छ सोची,
अठोट लिई मन मेरो, उठ्यो उठ्न दिएँ ।

फ्री लाईभ अन्लाईन टि.भी हेर्नुहोस् |


यम बरालका केही गीतहरु


((Direct Link - Right click and choose 'Save Target As'))



आँखा भरी न आउ है
आशैको भुमरिले
बादलुको घुम्टोले
बिर्सिएर आँफैलाई
दिल माया
गहिरोको घरमा नै
हाँसी हाँसी बिताइ हाल्छु नि
हास्नलाई त
कस्तो होला
कोल्टे फेरी फेरी रात बित्यो
कुन साईतको छेउ
मलाई काँडा बिझ्दा
मन भयो हरर
मन रहे पो माया प्रिती
माथि तारे भिर
मायाको
निष्ठुरीले छाड्डैमा
पहिलो पहिलो
सुनको हो कि चाँडिको हो माया
सुन्दर रहेछ संसार
सुनसार रातमा
तिमी सँग
तिम्रो सम्झनाले
उड्डै छौ कि बस्यौ कतै

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्