www.talshachar.blogspot.com

Sunday, February 13, 2011

make free call





संसारभरी छरिएर रहेका तपाईंहरुका साथीहरु वा आफन्तहरुलाई बिना पैसा फ्रीमा फोन कल गर्न चाहनु हुन्छ ? तपाईंहरुको उत्तर अबस्य पनि चाहन्छु नै भन्ने हुनु पर्छ , त्यसो हो भने एउटा यस्तो साईटको बारे चर्चा गर्न गईरहेको छु जुन साईटमा तपाईंले एकपटक आफ्नो केही इन्फर्मेसन दिएर signup गर्नु पर्ने र एउटा voip सफ्टवयर डाउनलोड गर्नु पर्ने हुन्छ । यसबाट दिनको जम्मा ३ पटक सम्म फ्री कल गर्न पाउनुहुन्छ । Sign up र software डाउनलोड गरीसकेपछि तपाईंले लगभग ४० भन्दा बढी देशहरुमा, देशहरु हेरी एक पटकमा ३ देखी ६ minute गरी जम्मा ३ पटकमा ९ देखी १८ minute सम्म फ्रीमा फोन कल गर्न सक्नु हुन्छ । यसमध्य कुनै देशमा Landline मा मात्र अनी कुनै देशमा Landline र mobile दुबैमा कल गर्ने सुबिधा पाउनु हुनेछ ।

यो साईटमा signup गर्न यहाँ क्लिक गर्नुहोला

Software Download गर्न यहाँ क्लिक गर्नुहोला 

यसबाट कुन कुन country हरुमा कती कती minute फ्रीमा कल गर्न मिल्छ भन्ने हेर्न
यहाँ क्लिक गर्नुहोला 

ग़ज़ल


के भयो र यौटा साथ, छुट्यो छुट्न दिएँ । 
मन भन्नु शीशा न हो, टुट्यो टुट्न दिएँ ।

दिनु साटो खोस्न मात्रै, जान्यो भाग्यले नि,
अलिकती खुशी थियो, लुट्यो लुट्न दिएँ । 

दोश तिम्रो हो कि मेरो, या त नियतिको,
अन्यौलको भुमरीले भुट्यो भुट्न दिएँ । 

जिन्दगी हो जसो तसो , ज्युँनु पर्छ सोची,
अठोट लिई मन मेरो, उठ्यो उठ्न दिएँ ।

फ्री लाईभ अन्लाईन टि.भी हेर्नुहोस् |


यम बरालका केही गीतहरु


((Direct Link - Right click and choose 'Save Target As'))



आँखा भरी न आउ है
आशैको भुमरिले
बादलुको घुम्टोले
बिर्सिएर आँफैलाई
दिल माया
गहिरोको घरमा नै
हाँसी हाँसी बिताइ हाल्छु नि
हास्नलाई त
कस्तो होला
कोल्टे फेरी फेरी रात बित्यो
कुन साईतको छेउ
मलाई काँडा बिझ्दा
मन भयो हरर
मन रहे पो माया प्रिती
माथि तारे भिर
मायाको
निष्ठुरीले छाड्डैमा
पहिलो पहिलो
सुनको हो कि चाँडिको हो माया
सुन्दर रहेछ संसार
सुनसार रातमा
तिमी सँग
तिम्रो सम्झनाले
उड्डै छौ कि बस्यौ कतै

एकछिन हासौं |

तिनजना साथीहरु घाम तापेर सुन्तला खाँदै थिए । त्यतिकैमा जहिले पनि अर्काको मात्र खाने आफुले कहिले नख्वाउने चाँही साथी आईपुग्यो । उसले भन्यो " के छ साथी हो ? के खाँदै गरेको ?? यो सुनेर तिनिहरुलाई झनक्क रिस उठ्यो र भन्यो के खानु नि बिष खाएको नि देखेनौ ?सित्तैमा खाने साथीले एउटा सुन्तला टपक्क टिप्यो छोडायो र क्वाप्प खायो र भन्यो " अब तिमी हरुले नै बिष खाइसकेपछि म मात्र किन बाचिरहनु ?

Saturday, February 12, 2011

      HAPPY VALENTINE 'S DAY  2011 TO ALL MY  FRIENDS...........

Friday, February 11, 2011

मानिसको औसत समय कसरी बित्छ ?


 

मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र हामी पनि बिचार बिचार गरौ कि यो देखी बाहेक अरु पनि केही गर्ने कि ?

@ करिब २० देखी २५ बर्षसम्म सुतेर
@ करिब १५ बर्षसम्म काम गरेर
@ करिब ६ बर्षसम्म खानपिन गरेर
@ करिब ८ बर्षसम्म मनोरन्जन गरेर
@ करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर
@ करिब ३ बर्षसम्म बिरामी परी ओछ्यानमै सुतेर
@ करिब ७० दिन ऐना हेरेर

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्